सिन्धुपाल्चोक १५ असोज । एमालेले मेलम्चीका ५० वृद्धवृद्धाहरूको सम्मान गरेको छ । मेलम्ची नगरपालिका वडा नं. ८ र ९ (साविक बाँसबारी गाविस) का ८० वर्ष भन्दा माथिका वृद्धवृद्धा सम्मानित भएका हुन् ।
८ र ९ को संयुक्त वडा अधिवेशनको सन्दर्भ पारेर जेष्ठ नागरिकहरूको सम्मान गरिएको राष्ट्रिय जन साँस्कृतिक महासंघका केन्द्रीय सदस्य कृष्णगोपाल तामाङले जानकारी दिए ।
सिन्धुपाल्चोक क्षेत्र नं ३ का सांसद् तथा व्यवस्थापिका संसद् सदस्य शेरबहादुर तामाङले जेष्ठ नागरिक समाजको गहना भएकाले उनीहरूलाई सम्मान गरिनुपर्ने धारणा राखे । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका तामाङले एमालेले जेष्ठ नागरिकको सम्मान स्वरूव वृद्धभत्ता दोब्बर पारेको र आगामी दिनमा एमालेले वृद्धवृद्धाको सम्मान र संरक्षणमा कुनै कसर बाँकी नराख्ने प्रष्ट पारे ।
कार्यक्रममा एमालेकी जिल्ला नेतृ भगवती नेपाल र पूर्व सांसद् एवं पाटी जिल्ला कमिटीका उपाध्यक्ष डोल्मा तामाङ, क्षेत्रीय कमिटीका पुर्व अध्यक्ष बालकृष्ण देउजा, वर्तमान अध्यक्ष मित्रलाल चौंलागाइलगायतको उपस्थिति थियो ।
त्यस्तै ख्याति प्राप्त कलाकारहरू नीरमाया तामाङ, योगेश तामाङ, रिता बुढाथोकी र भीमसेन खतिवड त्यस्तै नृत्य निर्देशक केशव कोइरालाले सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
थपेन्द्र प्र. ढकाल, शिव ढकाल, चिरन पराजुली, दामोदर ढकाल, गोविन्द ढकाल, गणेश ढकाललगायत सो स्थानका पूर्व पाटी प्रमुखहरूलाई समेतसम्मान गरिएको थियो ।
यसैगरी यज्ञबहादुर ढकाल, धर्मनन्द ढकाल, चन्द्रकान्त पराजुलीलगायत सेल्टर दाताहरूलाई पनि सम्मान गरिएको तामाङले जानकारी दिए ।
त्यस्तै दुवकुमारी ढकाल, शिवभक्ती ढकाल, विष्णुमाया ढकाल, यज्ञ बहादुर ढकाल, चेतबहादुर ढकाल, कृष्णबहादुर पण्डित, धनमाया श्रेष्ठ, शेर बहादुर ढकाल, साननानी नेपाल, कटकबहादुर नेपाली, ठूलीकान्छी मगर, भुपेन्द्रप्रसाद पराजुली, नन्दकुमारी ढकाल, टीकादेवि ढकाल, लक्ष्मी मगर, योगकुमार पराजुली, राजेन्द्रबहादुर थापा मगर, धनकुमार थापा मगर, देवमाया थापा मगर, ऋषिश्वरी
चालिसे, यदुनाथ चालिसे, चेतनाथ ढकाल, होमनाथ ढकाल, पुतली कामी, रमादेवि पौडेल, मैती तामाङ, अम्बिका लुइँटेल, फुलमती तामाङ, लिलादेवि पराजुली, चित्रकुमारी ढकाल, तिलमाया पौडेल, चुडामणि धिमाल, शुकुमान तामाङ, शुकुमाया तामाङ, आइताराम तामाङ, विविलक्ष्मी तामाङ, चिचिफुलि तामाङ, हिरामाया तामाङ, इन्दबहादुर तामाङ, कान्छीमाया तामाङ, इन्दबहादुर तामाङ, सुर्यमणि नेपाल, पञ्चु भ्लोन, स्वरुपसिंह तामाङ लगायत वृद्धवृद्धा सोही अवसरमा सम्मानित भएका थिए ।









