चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमति जुटाएर संविधान कार्यान्वयनको पक्षमा सरकार दृढ सङ्कल्पका साथ अगाडि बढ्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले भने– वर्तमान सरकारको मुख्य जिम्मेवारी नै संविधान कार्यान्वयन गर्नु हो ।
प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका क्रममा राष्ट्रिय सहमति गरेर चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन र ०७४ माघ सम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्ने बताए ।
सरकार अहिले इतिहासको मौलिक कालखण्डबाट अघि बढिरहेको चर्चा गर्दै उनले भने “हामीसँग अवसर र चुनौती दुबै छन्, यसको बीचमा बसेर काम गर्नुपर्ने अवस्था छ ।”
प्रधानमन्त्री दाहालले ठूलो बलिदानीबाट प्राप्त संविधान कार्यान्वयन गर्ने कार्यभार सबैको सामु आफूले पाएको भन्दै “यो काम पहिलो प्राथमिकता हो, जसका लागि असन्तुष्ट पक्षलाई पनि समेटेर सरकारले काम गर्छ, यसमा सफलता मिलिरहेको छ भन्नुभयो ।”
उच्च अदालत गठन, इलाकाका आधारमा स्थानीय निकायको सीमाङ्कन लगायतका विषयमा भएका सहमति र उपलब्धि महत्वपूर्ण भएको भन्दै उनले क्रमशः संविधान कार्यान्वयनको पक्षमा असन्तुष्ट पक्षसँग सहमति हुँदै जाने बताए ।


![Kf|wfgdGqL kqsf/ ;Dd]ngdf k|wfgdGqL k'iksdn bfxfn k|]; ;]G6/ g]kfn lrtjg zfvfn] a'waf/ e/tk'/df cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf af]Ng'x'Fb} . tl:a/ M gf/fo0f 9'+ufgf, /Tggu/ -lrtjg_, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/09/1475046005645_ND_Chitwan_130129_SAM_2151-300x200.jpg)






