हेलिकप्टर इन्जिन खराब भएपछि ‘फोर्सल्याण्डिङ’

3काठमाडौं । सोलुखुम्बुमा बिरामी लिन गएको माउन्टेन एयरको हेलिकप्टर इन्जिन खराब भएपपछि ‘फोर्सल्याण्डिङ’ गरिएको छ । सोलुखुम्बुको डुबिङ गाविस– ५ बुच्चास्थित सिसाखोलामा बिरामी लिन गएको नाइन एन ए एल क्यू कल साइन भएको माउन्टेन एयरको हेलिकप्टर फोर्सल्यान्डिङ गरिएको हो ।
भीरबाट लडेर घाइते भएका जसबहादुर राईलाई लिन गएको क्याप्टेन सुरेश थापाले उडाएको हेलिकप्टर इन्जिन खराब भएपछि सुरक्षित अवतरण गरिएको हो ।
श्री एअरको हेलिकप्टरमार्फत क्याप्टेन र घाइते राईको उद्धार गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
अहिले माउन्टेन एअरको हेलिकप्टर ‘फोर्सल्याण्डिङ’ स्थलमै रहेको र उक्त स्थानमा सुरक्षाकर्मी पुगिसकेको प्रजिअ शर्माको भनाइ थियो ।

सम्बन्धित शिर्षकहरु