धादिङ ७ असोज । जिल्ला वन कार्यालय धादिङले रेडियो धादिङ १०६ मेगाहर्जको भवन भत्काइदिएको छ । जानकारी नै नदिइ बिहान ४ बजे जिल्ला वन कार्यालयले भवन भत्काएको रेडियोले जनाएको छ ।
रेडियोका सामान झिक्न नदिइकन भवन भत्काइएको रेडियोका स्टेशन म्यानेजर राजाराम शर्माले बताए ।
उनले रेडियोमा रहेका कर्मचारीमाथि दुव्र्यवहार समेत भएको बताए। सरकारी जग्गामा भवन बनाएकाले भत्काएको जिल्ला वन कार्यालयले जनाएको छ । तर रेडियोले भने भूकम्पले भवनमा क्षति पुगेपछि वन कार्यालय लगायत सरकारी निकायकै अनुमतिमा भवन बनाएको दाबी गरेको छ । यस्तै वन कार्यालयले सरकारी जग्गामा बनाइएको महिला सुरक्षा घर पनि भत्काइदिएको छ ।








