महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया,
मानिसको जीवन सांच्चैनै अमुल्य छ। यो अमुल्य जीवनलाई सत कर्म साथ साथै अरु कसैको परोपकारमा लगाउन सकियो भनेपो जीवन जिउनुको सार्थकता हुन्छ। सदैव सत कर्म,सकरात्मक सोंच र परोपकारमा आफ्नो जिवनलाई अगाडी बढाईरहन जीवन जीउने सरल उपाएहरु सदैव लाभ सिद्ध हुन्छन। मानिसमा हुने तनाव,रिस,विभिन्न रोगको अन्त्य गरि सृिजनात्मक कार्यमा आफ्नो जीवनलाई ब्यतित गर्न योग,ध्यान अत्यनतै लाभ सिद्ध बनेको छ।पछिल्लो समय बैज्ञानिकहरुलेपनि योग तथा ध्यान लाभ सिद्ध हुने बताईसकेका छन।यस्तै योग गुरु तथा अध्यात्मिक प्रवचक आचार्य राजन शर्माले नियमित रुपमा विश्वका विभिन्न शहरहरुमा योग ध्यान संग संगै अध्यात्मिक प्रवचन दिईरहनु भएको छ।
नेपाल,भारत,अमेरिका,क्यानडा,जापान, अष्ट्रेलिया,फिजी तथा भरखरै सिंगापुरमा योग ध्यान तथा अध्यात्मिक प्रवचन दिईसक्नुभएका आचार्य शर्माले भोलि अष्ट्रेलियाको सिड्नी मेरिल्यान्ड स्थित २०६ उडभिला रोड एनएसडब्लु मा नियमित योग र ध्यान साथसाथै अध्यात्मिक प्रवचन दिनुहुने भएको छ। सो कार्यक्रममा विश्वका विभिन्न देशहरुबाट आएका व्यक्तिहरुको सहभागिता रहनेछ। भने अध्यात्मिक गुरु राजनले अङ्ग्रेजी तथा विभिन्न भाषामा प्रवचन दिनुहुनेछ। भोलि २३ सेप्टेम्बर २०१६ शुक्रबार सांझ ६:३० बजेबाट हुने सो कार्यक्रम श्वामी सरस्वतीले व्यवस्था मिलाउनु भएको हो।साथै उक्त योगा कार्यक्रममा हांस्य योगा पनि हुनेछ। कार्यक्रम सकिएपछि चिया नास्ताको पनि व्यवस्था रहेको छ।
विस्तृत जानकारिको लागि :phone 9885 1559
: 0435 065 136
// sydney@yogaindaiylife.org
// www.yogaindailylife.org.au/Sydney
// www.facebook.com/YogainDailyLifeSydney
// www.swamiji.tv
मा सम्पर्क गर्न सकिने छ।








