गोरखाको केरौंजामा पहिरो, एक विदेशीसहित चार नेपालीको मृत्यु

imagesकाठमाडौं । उत्तरी गोरखको केरौंजामा पहिरो जाँदा एक विदेशीसहित चार नेपालीको मृत्यु भएको छ ।
मनास्लु पद मार्गमा गएको पहिरोमा अन्य आठ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।
“बिहान ७ बजे पहिरो गएको हो,” गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए, “घाइतेलाई फिस्टेल एअरको हेलिकप्टरबाट दिउँसो एक बजे उपचारका लागि काठमाडौं पठाइएको छ ।”
मृत्यु हुनेमा कामाडौँ गोकर्णका वर्ष ३५ का दोर्जे लामा, सोही स्थानका छिरिङ शेर्पा, ओखलढुंगाका रञ्जना बस्नेत रहेको गोरखाका एसपी जनकराज पाण्डेले जानकारी दिए । त्यस्तै मृत्यु हुने स्पेनिस नागरिकको भने सनाखत हुन सकेको छैन ।

सम्बन्धित शिर्षकहरु