प्रवासी समुदायको भूमिका प्रशंसनीय छ : प्रधानमन्त्री दाहाल

 

k|wfgdGqL ef/t k|:yfg  k|wfgdGqL k'iksdn bfxfn u0ftGq ef/tsf k|wfgdGqL g/]Gb| df]bLsf] d}qLk"0f{ lgdGq0ffdf l5d]sL d'n's ef/tsf] rf/ lbg] /fhsLo e|d0fsf nflu g]kfnL k|ltlglwd08nsf] g]t[Tj ub{} laxLaf/ To;tkm{ k|:yfg ug{'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको परिवर्तनका लागि प्रवासी नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आज आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको परिवर्तनको प्रक्रियामा प्रवासी नेपाली समुदायको भूमिकालाई सरकारले उच्च मूल्याङ्कन गरेको बताए। उनले भने, “नेपाली समुदाय जहाँ रहे पनि नेपालको हितमा नै काम गर्दै आएको छ । राजनीतिक परिवर्तनमा प्रवासी समुदायको भूमिका महत्वपूर्ण र उल्लेखनीय छ । अब मुलुकको आर्थिक विकास र समृद्धिका लागि पनि प्रवासी समुदायको भूमिका प्रभावकारी हुनुपर्छ ।”

अन्तक्र्रियामा सहभागी मञ्चका अध्यक्ष ईश्वरी भण्डारीका अनुसार प्रधानमन्त्रीले नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल–भारत सम्बन्धका बारेमा जानकारी गराएका थिए । यसैबीच अखिल भारत नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई व्यापार सहजीकरण, दुई देशको सम्बन्ध लगायत विषयमा १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । रासस

सम्बन्धित शिर्षकहरु