भक्तपुर, ३० भदौ । भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ अस्पतालले उपचारमा आएका मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति गरेपछि दिनभर तनावग्रस्त रहेको अस्पताल बुधबार साँझबाट शान्त भएको छ ।
मङ्गलबार दिउँसो सामान्य पेट दुखेर उपचार गराउन आएकी सिन्धुली कमलामाई–६ घर भई हाल लोकन्थली बस्ने २१ वर्षीया मीना विश्वकर्माको राति ११ः४५ बजे मृत्यु भएपछि मृतकका आफन्तले बुधबार दिनभर डाक्टर र अस्पताल सञ्चालकलाई कारबाहीको माग गर्दै अस्पताल घेराउ गरेका थिए ।
अस्पतालमा मृतकको श्रीमान् केशव बराइलीसहितको आफन्त र अस्पताल व्यवस्थापनबीच भएको छलफलबाट रु दुई लाख क्षतिपूर्ति दिने र अस्पतालमा उपचारमा लागेको खर्च मिनाहा गर्ने सहमति भएपछि पीडित पक्षले आन्दोलन फिर्ता लिएर शव बुझेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए।
सामान्य पेट दुखेर उपचारका लागि ल्याएको श्रीमतीको समयमै उपचार नगरी पाँच घन्टासम्म नदुख्ने औषधि तेब्बर डोज दिएर डाक्टर आउँदैछन् भनेर रोकेर बिरामीलाई अन्य अस्पतालमासमेत लान नदिँदा श्रीमतीको मृत्यु भएको बराइलीले जानकारी दिए। रासस


![gful/s c:ktfndf tgfju|:t ;fdfGo k]6 b'v]/ pkrf/ u/fpg cfPsL l;Gw'nL sdnfdfO{– ^ 3/ eO{ xfn nf]sGynL a:b} cfPsL @! jif{sL dLgf ljZjsdf{sf] /flt kf}g] !@ ah] d[To' ePkl5 eQmk'/sf] u¶f3/l:yt gful/s sDo'lg6L l6lrª c:ktfn a'waf/ lbge/ tgfju|:t aGb} . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/09/1473850058585_RG_Bkt_160914_IMG_02771-300x200.jpg)






