महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
हामी विश्वको जुन ठाउंमा रहौं आखिर नेपाली हौं। हामीलाई हाम्रै नेपाली संस्कृती औधि प्यारो लाग्छ। यस्तै चाढ पर्व नजिकिदै गर्दा विएमएस फिल्म्सको प्रस्तुतिमा सिड्नीमा “ओसेनिया एजुकेसन सोलुसन दशैं तिहार शुभकामना सांझ २०१६”हुने भएको छ।सो कार्यक्रममा चर्चित लोक गायक रामजि खांड,गायक तथा सर्जक प्रकाश रेग्मिको सांगितीक प्रस्तुती रहने भएको छ।१२ नोभेम्बर २०१६ मा हुने उक्त कार्यक्रम ९६ए रेलवे स्ट्रिट रकडेल स्थित रेडरोज फङ्सन सेन्टरमा हुने भएको हो।सांझ ५:३० बजे बाट सुरुहुने सो कार्यक्रमको टिकट शुल्क डिनर सहित $५० राखिएको छ। असनेपाल न्युज संग कुरा गर्दै बिरेन्द्रदिप मल्लले कार्यक्रममा सहभागि भईदिन सबैमा आब्बहान गरेका छन। विस्तृत जानकारीको लागि बिरेन्द्रदिप मल्ल ०४१३४३३५१५ र नरेश रेग्मि लाई ०४१५८९०९३३ मा फोन सम्पर्क गर्न सकिने छ।








