प्रधानमन्त्रीद्वारा बकर इदको शुभकामना

काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले इस्लाम धर्मावलम्बीको ठूलो पर्व बकर इद इद–उल–जोहाका अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन्।

prachanda-1-743x478“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो, बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्”– प्रधानमन्त्री दाहालद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।

जनताको लामो सङ्घर्षपछि नेपाली जनताले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागको सम्बोधन तथा नयाँपनलाई समेत अवलम्बन गर्ने आधार निर्माण संविधानमा गरिएको पनि सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री दाहालले सन्देशमा राष्ट्रिय मुस्लिम आयोगको गठनसम्बन्धी व्यवस्था मुस्लिम समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षकहरु