अस्ट्रेलियाको गोल्डकोष्ट साउथपोर्ट तीज मनाइयो

अस्ट्रेलिया, १९ भदौ । अस्ट्रेलियाको गोल्डकोष्ट साउथपोर्टमा बस्ने हिन्दू नेपालीले नाचगान कार्यक्रम गरी संयुक्तरुपमा तीज मनाएका छन् ।

नेपालका विभिन्न ठाउँबाट आइ गोल्डकोष्ट साउथपोर्ट बसोबास गर्दै आएका नेपालीले नेपाली कला र संस्कृतिको सम्झना गर्दै खानपान र नाचगानसहित तीज मनाएका हुन् ।

अस्ट्रेलियाको गोल्डकोष्टस्थित नेप्लिज कम्युनिटी संस्थाले विभिन्न कलेजमा पढ्ने विद्यार्थी, अस्ट्रेलियामा पिआर तथा नागरिकता पाएका नेपालीलाई जम्मा गराएर तीज मनाउने अवसर जुटाइदिएको कम्युनिटीका मिलन मिश्रले जानकारी र्दिए ।

कम्युनिटीले विगत केही वर्षदेखि हरेक वर्ष तीजको दर खाने र नाचगानको कार्यक्रम आयोजना गर्दै आइरहेको उनले बताए।

सम्बन्धित शिर्षकहरु