प्रवासी नेपाली मञ्च अष्ट्रेलिया न्यु साउथवेल्सले हरितालिका तीजको दिन मिन्टु ट्रेन स्टेसन बाट मिन्टु मन्दिर सम्म निशुल्क यातायत सेवाको व्यबस्था मिलाउने।

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

हामी विश्वको जुन ठाउंमा रहेपनि हाम्रै संस्कृती प्यारो लाग्दो रहेछ।जुन संस्कृती र परम्परामा हामी बाँचेका छौँ।र पो यहि संस्कृतीमा हामी गर्व गर्न सक्छौं।साथै हाम्रै संस्कृतीलाई बचाउनु र आउँदो पुस्तालाई सिकाउनु हाम्रो दायित्व पनि हो। यस्तै हिन्दू महिलाहरुको महान चाढ हरितालिका तीजको उपलक्ष्यमा प्रवासी नेपाली मञ्च अष्ट्रेलिया न्यु साउथवेल्सले हरितालिका तीजकै सोहि दिन एनएसडव्लु सिड्नीको मिन्टु ट्रेन स्टेसन बाट मिन्टु मन्दिर सम्म निशुल्क यातायत सेवाको व्यबस्था मिलाउनेभएको छ। imageप्रवासी नेपाली मञ्च अष्ट्रेलिया न्यु साउथवेल्सका सचिव कृष्ण सापकोटले असनेपाल न्युज संग कुरा गर्दै श्रद्धालुमहिला भक्तजनहरुलाई मिन्टु मन्दिर सम्म पुग्न सहज होस भन्ने हेतुले यो निशुल्क यातायत सेवाको को व्यबस्था मिलाईएको बताए। साथै सापकोटाले सोहि दिन २०१६ सेप्टेम्बर ४ आईतबार बिहान ९ बजे दिखि सांझ ७ बजे सम्म निशुल्क यातायत सेवा रहने बताएका छन ।विस्तृत जानकारिको लागि
सिताराम घिमीरे ०४२३७१५२२९
लक्ष्मण श्रेष्ठ ०४३२६१४२८४
कृष्ण सापकोटा ०४३३६४४०७७ र
श्याम पौडेललाई ०४१२७१८६०९ मा फोन सम्पर्क गर्न सकिने छ।

सम्बन्धित शिर्षकहरु