चुनौतिपूर्ण अवसर प्राप्त भएको छ : प्रधानमन्त्री प्रचण्ड

DSC1647-848x478काडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि चुनौतिपूर्ण अवसर प्राप्त भएको बताएका छन् ।
शनिबार नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा आएको गोरखा जौबारीको टोलीबाट बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा संक्षिप्त सम्बोधनका क्रममा प्रचण्डले परिस्थिति निकै चुनौतिपूर्ण रहेको र जनताका आकांक्षाहरू धेरै भएकाले यसपटक केही परिणाममूखी काम गर्ने बताएको उनको सचिवालयले जानकारी दियो ।
भेटमा प्रधानमन्त्रीले गोरखा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिले पनि निकै महत्वपूर्ण भएको भन्दै निश्छल मनले शुभकामना दिएकोमा सबैलाई धन्यवादसमेत दिएका थिए ।

सम्बन्धित शिर्षकहरु