रियो ओलम्पिकः २८ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा, दोस्रो स्थानमा ग्रेट ब्रिटेन

एजेन्सी, रियो दि जेनेरियो । ब्राजिलको राजधानी रियो दि जेनेरियोमा जारी विश्व खेलकुदको महाकुम्भ ३१ औं ग्रीष्मकालीन ओलम्पिकको १२ औँ दिन सकिद २ सय ४ स्वर्णको छिनोफानो भइसकेको छ । हालसम्म ५२ देश र एक स्वतन्त्र खेलाडीले विभिन्न खेलमा स्वर्ण पदक जितिसकेका छन् । तर, स्वर्णवाहेक ७५ देशले ओलम्पिकमा पदक जितिसकेका छन् ।
रियो ओलम्पिकको पदक तालिकामा हालसम्म २८ स्वर्ण, २८ रजत र २८ कास्य गरी कुल ८४ पदक जितेको अमेरिकाले शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको ग्रेट ब्रिटेन १९ स्वर्ण, १९ रजत र १२ कास्य गरि कुल ५० पदक जित्दै अमेरिकालाई पछ्याइरहेको छ ।
१७ स्वर्ण, १५ रजत र १९ कास्य पदकसहित कुल ५१ पदकसहित चीन तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको रुसले १२ स्वर्ण १२ रजत र १४ कास्यगरि ३८ पदक जितेको छ । पाँचौं स्थानमा रहेको जर्मनीले ११ स्वर्ण, ८ रजत र ७ कास्यसहित कुल २६ पदक जितेको छ ।
त्यस्तै छैटौं स्थानमा रहेको इटालीले ८ स्वर्ण, ९ रजत र ६ कास्यसहित २३ पदक जितेको छ । सातौ स्थानमा रहेको नेदरल्यान्ड्सले ८ स्वर्ण, ३ रजत र ३ कास्यगरि १४ पदक जितेको छ । पदक तालिकामा ७ स्वर्ण, ११ रजत र ११ कास्यगरि २९ पदक जितेको फ्रान्स आठाँै स्थानमा छ भने नवौं स्थानको अष्ट्रेलियाले ८ स्वर्ण, ८ रजत र ९ कास्यसहित २४ पदक जितेको छ । यस्तै दशौं स्थानको जापानले ७ स्वर्ण ४ रजत र १८ कास्यगरि २९ पदक जितेको छ ।
त्यस्तै हालसम्म दक्षिण कोरिया, स्पेन, हंगेरी, न्युजिल्यान्ड, क्यानडा, काजकिस्तान, बेल्जियम, थाइल्याण्ड, क्रोयसिया, स्विजरल्याण्ड, इरान,बहामस, बहराइन, स्विडेन, डेनमार्क, चाइनिज ताइपेइ, अर्जेन्टिना, कोशोभो, ब्राजिल, सिंगापुर, चेक रिपब्लिक, जमैका, इथोपिया, पिर्टो रिको, फिजी, कोलम्बिया, रोमानिया, पोल्यान्ड, अर्मेनिया, बेलारुस, उत्तर कोरिया, ग्रिस, स्लोभेनिया, क्युबा र भियतनामले पनि स्वर्ण पदक जितिसकेका छन् ।

सम्बन्धित शिर्षकहरु