काभ्रेपलाञ्चोक । काठमाडौंबाट काभ्रेपलाञ्चोकको मादनकुँडारी जाँदै गरेको बस विर्ता देउराली–९ खहरेखोला भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा ३१ जनाको निधन भएको छ भने ३५ बढी घाइते भएका छन् ।
बा २ ख १०६ नम्बरको बस सडकबाट तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी दिँदै काभ्रेका एसपी राजेशनाथ बास्तोलाले भने, “दुर्घटनास्थलमा प्रहरी पुगिसकेको छ । हालसम्म ३१ जनाको शव फेला परेको छ ।”








