माओवादीका पाँच मन्त्रीद्वारा शपथ ग्रहण

13920387_1077507262296664_6457286088835698985_oकाठमाडौँ । नेकपा (माओवादी केन्द्र)का थप पाँच मन्त्रीले आइतबार मन्त्री पदको शपथ लिएका छन् । माओवादी केन्द्रकातर्फबाट जनार्दन शर्मा, सुरेन्द्र कार्की, हितराज पाण्डे, धनीराम चौधरी र अजयशंकर नायकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
शर्मालाई उर्जा, कार्कीलाई सूचना तथा सञ्चार, नायकलाई कानुन, न्याय तथा संसदीय व्यवस्था, पौडेललाई विना विभागीय मन्त्रालय र र पाण्डेलाई स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्रीहरूले आजै सिंहदरबारमा पदभार ग्रहण गर्नेछन् ।

सम्बन्धित शिर्षकहरु