नेविसंघको विवाद टुंगियो

Nepal-Students-Unionकाठमाडौं । नेविसंघको प्रतिनिधि विवाद टुंगिएको छ । नेविसंघको विवाद मिलाउनका लागि बनेको प्रकाशरण महत नेतृत्वको निर्देशक समितिले विवादको निरुपण गरेको हो ।
विवाद टुगिएसँगै बुधबारबाट बन्दसत्र प्रक्रिया सुरु हुने संघका नेता युपि लामिछानेले जानकारी दिए ।
सबै बिवाद समाधान भएकोले बुधबार दिउँसो १२ बजेबाट बन्दसत्र सुरु हुने लामिछानेको भनाइ थियो ।
प्रतिनिधि विवाद मिलेसँगै अनसन बसिरहेका विद्यार्थीहरूले पनि अनशन टुंग्याउने उनले बताए ।
प्रतिनिधिको विवाद नमिल्दा संघको ११औं महाधिवेशन उद्घाटन भएको दुई दिनसम्म पनि बन्दसत्र सुचारु हुन सकेको थिएन ।

सम्बन्धित शिर्षकहरु