असनेपाल न्युज , सिड्नी । आफ्नै जीवनकालमा नेपालको विकास भएको हेर्न चाहने अस्ट्रेलियाका परोपकारी नेपालीहरूले एकै साथ नेपाल सहयोगको ठुलो प्रतिवद्दता गरेका छन्। पाथिभरा जेष्ठ नागरिक श्रद्धाश्रम निर्माणका खातिर करोडौ रुपैयां उठाउंन उनिहरूले यो पहल गर्दै सामुहिक संकल्प गरे शुक्रवार सांझ ब्य्ल्याकटाउनको एक कार्यक्रममा । गैर आवसिय नेपाली संघ (एन आर एन ए ) अष्ट्रेलिया एनएसडब्लु स्टेट काउन्सिलले मात्रै एक करोड उठाउने लक्ष्य राखेको एनएसडब्लु स्टेट कोअर्डिनेटर दिनेश पोखरेलले सो अवसरमा जानकारी दिनुहुंदा , सम्मानका लागि हातहरू तालीमा उठेका थिए । जेष्ठ नागरिकहरूको आश्रयका लागि बनाईन लागेको भवन सबैका लागि सबै देशकानेपालीका लागि प्रेरणा सो अवसरमा विभिन्न वक्ताहरूले बताएका थिए । हाल सम्म १० लाख दान गर्ने हरूको सन्ख्या नै १० पुगि सकेको र यो क्रम बढी रहेको सो अवसरमा बताईयो । कार्यक्रममा एन एस् डब्लु का महावाणिज्य दुत दिपक खड्का , समुदायका अगुवा प्रतिनीधिहरू ईन्द्र वन, एन आर एन ओसिनिया प्रमुख महेन्द्र लम्साल , एन आर एन ए अध्यक्ष सुरेन्द्र सिग्देल लगायतले नेपालको लागि यसरि सहयोग उठ्नु भोलिको नेपाल भावि पुस्ताका लागि सुन्दर हुने लक्षण भन्नु भयो ।
सो अवसरमा नेपाल उत्प्रेरक वक्ताको रुपमा निम्त्याईनु भएका नेपाल -फीजि साँस्कृतिक राजदुत तथा शान्ति र अध्यात्म प्रवर्द्दक भीमसेन सापकोटा ले ‘घर चलाऊन र देश चलाऊन खेताला खोज्न मिल्दैन ‘आफ्नो देश जहां पुगे पनि आँफैंले बनाउन आजै बाट कसम खाउं भन्दै ‘दान गरौं मरेर स्वर्ग हेर्न हैन , बांच्दैमा स्वर्ग यहि बनाउन पहल गरौं भन्दै सबैलाई प्रेरित गर्नु भएको थियो ।,
एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञा नेन्द्र रेग्मी र पारीयोजनाका विशेष योगदान कर्ता रमेश पाण्डे ले पारीयोजना को औचित्य ता माथि प्रकाश पार्दै एनआरएन अष्ट्रेलियाले नेपालमा बनाउने अहिलेसम्मकै सबैभन्दा ठूलो परोपकारी परियोजना सफलताउन्मुख भएको बताउनु भयो । नांच र मनोरन्जन समेत ले तातेकोसो माहोलमा कार्यक्रम एन आर एन ए को तर्फ बाट भुपाल सिटौला र भुपेन्द्र चुडाल ले विशेष रुपमा आकार्षण का साथ सन्चालन गर्नु भएको थियो भने , स्थानिय कलाकार र प्रतिभाशाली लोक गायक गायिका मन्जु कार्की र पशुपति शर्मा ले औपचारिक कार्यक्रम पछाडि विशेष मनोरन्जन दिलाएका थिए। कार्यक्रममा दाताहरूलाई कदर गर्दै सम्मान गरिएको थियो ।अनेसास एन एस डब्लु को अध्यक्ष सानु घिमिरेले कविता वाचन गर्नु भएको थियो ।
दाताहरूको नाम एन आर एन ले क्रमश: वाहिर ल्याउने , सो श्रद्दाश्रममा एक पुरै कोठा बनाउन चाहनेले दश लाख सहयोग गर्न सक्ने , अन्यले जतिसक्दो चांडो सहयोग गरि स्तुत्य कार्यलाई सघाउन सो अवसरमा अनुरोध गरिएको थियो । सहयोग को क्रम जारी रहेको छ । हामीमा सेवाभावको विकास भएन भने, आफू जन्मेको मात्र होइन आफूनै बैयक्तिक विकास पनि हुन सक्दैन ‘सो अवसरमा बताईयो ।
२१ केम्बेल स्ट्रिट ब्याल्यक्टाउन मा २९ जुलाई २०१६ शुक्रबार साँझ सम्पन्न सो कार्यक्रम को ‘ईभेन्ट पाट्नर’ पाथीभरा प्रोज्यक्ट एन आर एन ए अष्ट्रेलिया, आइ सिसी र न्यु साउथ वेल्स राज्य समिती तथा ब्याल्यक्टाउन नेप्लिज कम्युनिटी रहेका थिए। सो कार्यक्रमा सहभागी भई कार्यक्रमलाई सफल बनाउनको लागि आयोजक द्वारा सबैमा धन्यवाद दिईएको छ ।
मुकेश रेग्मी एघार लाख, बद्री अर्याल र सञ्जीव शर्मा एघार लाख, दिपक खड्का १० लाख, प्रदिप ढकाल १० लाख,भवानी ओली र परिवार दश लाख , रमेश पाण्डे दश लाख र पर्थबाट भैरव ढकालले १० लाख दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।कतिपय को प्रतिवद्दता आउने क्रम जारि रहेको संयोजक दिनेश पोख्रेल असनेपालन्युजलाई बताउनुहुन्छ ।
सहयोग गर्न इच्छुकले अवसर नगुमाउन र तुरुन्त संपर्क गर्न अनुरोध गरिएको छ । यस्तो कार्यक्रम अन्य स्टेटमा समेत गरिने जनाईएको छ ।








