नयाँ शक्तिका महासचिव घुसकाण्डमा

naya-saktiसाउन ११ । काठमाडौं,  डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी निकट कर्मचारी संगठनका महासचिव कमलबहादुर खत्री घुसकाण्डमा मुछिएका छन् ।

आजको दृष्टि साप्ताहिकमा खबर छ –खत्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी निकट निजामती ट्रेड युनियन नेपालका केन्द्रीय महासचिव हुन् । सधैं काठमाडौं उपत्यकाका नापी कार्यालयमा शक्तिको आडमा बसेर घुस खाई अकूत सम्पति आर्जन गरेका सर्भेक्षक खत्रीलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोगले खोजी गरिरहेको छ । तर उनी फरार छन् ।

काठमाडौंको मनमैजु नापी कार्यालयमा कार्यरत सर्भेक्षक खत्रीले जग्गाको हालसाविक गर्नका लागि जग्गाधनीसँग मोलमोलाई गरी फाइल घुमाएर हदै दुःख दिएका थिए । कुनै विवाद नभएको र कानुनसम्मत रुपमा हुनुपर्ने जग्गाको हालसाविक यो नमिलेको र उ नमिलेको भन्दै सर्वेक्षक खत्रीले दुःख दिएपछि अन्तिममा जग्गाधनी घुस दिन तयार भएका थिए ।

२०७३ साउन ६ गते अख्यितारको टोलीसहित घुस दिन जग्गाधनी नापी कार्यालयमा जाँदा खत्री नभेटिएपछि उनलाई फोन गरेका थिए । फोनमा सर्भेक्षक खत्रीले मातपोत कार्यालय मनमैजुको नासु लक्ष्मी पराजुलीलाई रकम दिनु भनेका थिए ।

सम्बन्धित शिर्षकहरु