कमल थापाले किन यसो भने ?

kamal-thapaसाउन १० । काठमडौं, राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले केपी शर्मा ओली देशलाई माया गर्ने असल प्रधानमन्त्री भएको बताएका छन् ।

ओलीले राजीनामाको घोषणा गरेपछि थापाको यो प्रतिक्रिया आएको हो । ओली सरकारमा उपप्रधान एवं परराष्ट्रमन्त्री रहेका थापाले ओलीसँग काम गरेकोमा पछुतो नरहेको बताए ।

उनले ट्वीट गरेका छन्, ‘देशलाई माया गर्ने असल प्रधानमन्त्रीका रुपमा केपी ओलीको सम्झना सँधै रहनेछ । तपाईसँग काम गर्न पाएकोमा खुसी छु ।’

 

सम्बन्धित शिर्षकहरु