प्रधानामन्त्री केपी ओलीद्वारा राजीनामा

kp-sharma-oli-nepal-pm
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् ।

आफूविरुद्ध व्यवस्थापिका–संसदमा परेको अविश्वासको प्रस्तावको जवाफ दिँदै उनले नयाँ प्रधानमन्त्री निर्वाचनका निम्ति सहज मार्ग प्रशस्त होस् भन्ने हेतुले राजिनामा पेस गरेको र साथै बाधा अड्काउ फुकाउन राष्ट्रपति समक्ष सिफारिस गरेको सदनलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउका निम्ति मन्त्रिपरिषद्को आजैको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी पनि सदनलाई दिए। आज जारी व्यवस्थापिका–संसद्को बैठक अहिले १५ मिनेटका लागि स्थगन भएको छ ।

सम्बन्धित शिर्षकहरु