चितवन। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दारेचोक गाविस–४ मुग्लिन बजार नजिकै पहिरो खसेपछि आज बिहान ५ः२५ बजेबाट सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मुग्लिन बजारबाट ४०० मिटर नारायणगढतर्फ पहिरो खसेको हो । सडक विस्तारका क्रममा काटिएको भित्तो माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सडक खुलाउने कार्य सुरु भइसकेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै मुग्लिनतर्फ जाने आउने सवारी लाम लागेको छ ।








