केसीले सुरु गरे अनसन, त्रिवि शिक्षण अस्पतालमा तनाव

Cm_yFZIUcAI8cNIकाठमाडौं, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीले आइतबार आठौंपटक अनसन सुरु गरेका छन् ।

चिकित्सा शिक्षा ऐनको मस्यौदा सुधार गर्न तथा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै डा. केसीले अनसन सुरु गरेका हुन् ।

अनसनको पक्ष र विपक्षमा रहेकाहरुबीच अहिले शिक्षण अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएको छ । दुबै पक्षले एकअर्काको विरोधमा नाराबाजी गरिरहेका छन् ।

गणेशमान सिंह भवन परिसरको बालरोग ओपिडी नजिकै चर्को नाराबाजी र होहल्ला भएपछि विरामीहरु मर्कामा परेका छन् ।

सम्बन्धित शिर्षकहरु