अस्ट्रेलियाको आम चुनावः कसको होला पल्ला भारी ?

अस्ट्रेलियाको पूर्वीय राज्यहरुको आम चुनाव अन्तर्गत मतदान सकिएको छ । निर्वाचन सकिए लगत्तै कसको पक्षमा जनमत आउने हो भन्ने विभिन्न अड्कलबाजीसमेत सुरु भएको छ ।

Labor Party leader Bill Shorten (L) poses for a picture with one of his constituents in Melbourne on July 2, 2016. Australians flocked to vote in national elections on July 2 with conservative leader Malcolm Turnbull appearing to have a slight edge over Labor's Bill Shorten, culminating a marathon race where economic management has become a key issue in the wake of the Brexit vote. / AFP PHOTO / Paul Crock

चुनावी परिणामको प्रारम्भिक अड्कलबाजी भइरहेकै वेला लिबरल पार्टीका प्रमुख मालकम ट्रनबुल र अर्कोतर्फ लेबर पार्टीका प्रमुख बिल सोर्टन दुबैले परिणाम आफ्नो पक्षमा आउने दाबी गरेका छन् ।
शनिबारको मतदानमा भोट खसाल्न मतदाताहरू घण्टौंसम्म लाइन बस्नु परेको बताइएको छ ।

दुबै पार्टीका प्रमुखहरुमध्ये लिबरल प्रमुख ट्रनबुलले डबल बे पब्लीक स्कुल बुथ वेन्टवर्थमा आफ्नो मतदान गरेका थिए भने लेबर प्रमुख सोर्टनले मेलबर्नको मरिबेरर्नोगबाट मतदान गरे । पछिल्ले मत आंकलका परिणामहरुले लेबर र लिबरलका बीचमा कडा प्रतिस्पर्धा हुने देखाएको छ भने स्वतन्त्र र साना दलहरुको समर्थनमा बहुमत पुर्याउनुपर्ने अवस्थाको आंकलन गरिएको छ ।

सम्बन्धित शिर्षकहरु