सिड्निमा भेटिएको विर्सन नसकिने कथाहरू

असनेपालन्युज । सिड्नी । कथाहरू लेखिन्छन् र थकिन्छन्। तर जीवन रुपान्तरण गराउन सक्ने कथाहरू लेखिन्छन् र अमर हुन्छन्। यस्तै अमर कथा को लक्षण वोकेर सिड्निमा एउटा कथा उदाएको छ ‘“फ्रिडम टु डाई”। युवा कथाकार डा निर्मल ज्ञवालीको पहिलो कथा संग्रह “फ्रिडम टु डाई” को अस्ट्रेलियाको सिड्नीमा विमोचन भएको हो । हालै सिड्नीको दक्षिण रकडेलमा नेपाली समुदायका सदस्यहरुको उपस्थितिमा कथा संग्रहको बिमोचन भएको थियो ।

गैर आवसीय नेपाली संघकी संरक्षक इन्द्रा वन र सिड्नीको नेपाली समुदायका जेष्ठ नागरिक डा नारायण प्रधानले कथा संग्रहको विश्वब्यपी बिमोचन सिड्नीमा गरेका हुन् । उक्त कार्यक्रममा कवि तथा सिड्नीमा सक्रिय सर्जक निस्प्रभ सजीले पुस्तकबारे समिक्षात्मक अन्तरक्रिया गरेका थिए ।freedom to die freedom to die book launch photo 2

अन्तरक्रियामा सजीका प्रश्नको जवाफ दिदै कथाकार डा ज्ञवालीले पुस्तक तयार हुनुको पृष्ठभुमी, संग्रहित कथाका विशेषताहरु र पाठकहरुबाट प्रप्त प्रतिक्रियाहरु सुनाएका थिए । उक्त कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलिया च्याप्टरका अध्यक्ष महेन्द्र पौडेल, एन आर एन संरक्षक इन्द्रा वन र डा नारायण प्रधानले कथाकार डा ज्ञवालीलाई बधाइ तथा शुभकामना दिएका थिए । बुक हिलले प्रकासन गरेको यो पुस्तकमा २३ वटा कथाहरु संग्रहित छन् । नेपाली साहित्यको वङ्मय मा यो सँग्रह एक प्रवास बाट थपिएको एक नौलो आयाम हुन सक्ने पाठकहरूको प्रतिकृया छ।

सम्बन्धित शिर्षकहरु