सलमानसँग दलित युवतीले गरिन् १० करोड क्षतिपूर्ति माग

459689-453492-salmanएजेन्सी, चलचित्र ‘सुल्तान’को प्रचार–प्रसारका क्रममा बोलेका एउटा वाक्यका कारण अभिनेता सलमान खान अप्ठ्यारोमा परेका छन् । चलचित्रकै लागि बोल्ने क्रममा सलमानले बलात्कार पीडित युवतीको उदाहरण दिएका थिए, जसका कारण यो विषय अदालतसम्म पुगेको छ । सलमान खानले सुल्तानको कुस्तीको दृश्य छायांकन गर्दा सामूहिक बलात्कार पीडित किशोरी जस्तै महसुस भएको बताएका थिए ।

सलमानको अभिव्यक्तिकै कारण भारत हरियाणास्थित हिसारकी सामूहिक बलात्कार पीडित एक युवतीले सलमानसँग १० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेकी छिन् । पीडितले पन्जाव तथा हरियाणा हाइकोर्टको माध्यमबाट सलमानलाई नोटिस पठाएकी हुन् ।

सलमानको सार्वजनिक टिप्पणीका कारण आफ्नो छवि थप धमिलिएको ती युवतीले बताएकी छिन् । हाल मानसिक तथा शारीरिक आघातबाट गुग्रिरहेकी ती युवतीले सलमानको भनाइका कारण गहिरो चोट लागेको बताएकी छिन् । पीडितका वकिलका अनुसार नोटिस पठाएको १५ दिनभित्र १० करोड भारु मागिएको छ अन्यथा सलमानविरुद्ध उनले सिभिल तथा आपराधिक कानुनको उल्लंघन गरेको भन्दै मुद्दा दायर गर्ने छिन् ।

ती दलित किशोरीलाई आठ जनाले सामूहिक बलात्कार गरेका थिए, जुन घटनाबाट मर्माहत उनका पीताले सेप्टेम्बर २०१२ मा आत्महत्या गरेका थिए ।

सम्बन्धित शिर्षकहरु