बाबा एजुकेशन कन्सल्टेन्सीको बिषेश योगदानमा ‘ए मेरो हजुर २’ को रेड कार्पेट प्रिमिएर शो सम्पन्न

अमृत शर्मा, सिड्नी, अस्ट्रेलिया । नेपाली चलचित्र क्षेत्र र कलाकार प्रति बिषेश योगदान पुराउदै आएको बाबा एजुकेशन कन्सल्टेन्सीले अस्ट्रेलियाको सिड्नी मा नोवेम्बर २५ तारिक का दिन सुपर हिट चलचित्र ‘ए मेरो हजुर २’ को रेड कार्पेट प्रिमिएर शो सम्पन्न गरको छ ।

नेपालमा निकै रुचाइएको चलचित्र ‘ए मेरो हजुर २’ को निर्देशक झरना थापा र एति बेला कि हट एक्ट्रेस साम्राज्ञी राज्यलक्ष्मी शाह को बिषेश उपस्थिति मा बरउड को ईभेन्ट सिनेमाज् मा रेड कार्पेट शो गरिएको थियो । रातो पहिरन सहित रेड कार्पेट मा देखिएकि साम्राज्ञी राज्यलक्ष्मी शाह संग प्रतक्क्ष्य रुप मा दर्सकहरुले तस्बिर लिएका थिए भने उनको पहिरन को पनि ठुलै चर्चा भएको थियो साथै चलचित्र हेर्न आएका दर्सकहरुको राम्रो प्रतिकृयाले निर्देशक झरना थापा उत्साहित देखिन्थीन् ।

अस्ट्रेलिया का लागि छत्र थापा ले भित्राएका चलचित्र ‘ए मेरो हजुर २’ लाई आर के एस अस्ट्रेलिया, होर होइन होला ईभेन्ट र एस एस ईभेन्टले संयुक्त रुप मा सिड्नी मा पर्दशन गरायको थियो भने भिषा पार्टनर एस पीपल ईस्टडी रहेको थियो । दर्सकहरुको रोजाई मा परेकी एति बेला कि हट एक्ट्रेस साम्राज्ञी राज्यलक्ष्मी शाह लाइ पहिलो पटक अस्ट्रेलिया मा रेड कार्पेट शो मा उपस्तित गराउन पाएको मा खुसि ब्यक्त्त गरेका छन, होर होइन होला ईभेन्टका म्यानेजर रोशन भट्टराईले दर्शकहरुको माग र चाहना अनुसार नै चलचित्रलाई सिड्नी मा भित्राएको बताए ।आयोजक मध्ये एस एस ईभेन्ट का शक्ति श्रेष्ठ र आना श्रेष्ठले अस्ट्रेलियामा हुने नेपाली चलचित्र को प्रदर्शनमा आफुहरुले बिषेश भूमिका खेल्दै आएको र आगामी दिन मा पनि नेपाली चलचित्र क्षेत्र को विकास र बिस्तर का लागि निरन्तर लाग्ने बताए ।

आर के एस अस्ट्रेलिया र बाबा एजुकेशन कन्सल्टेन्सीका सी इ ओ रबिन्द्र कुमार शर्मा  साथै आफुहरुले आयोजना गर्ने विभिन्न सांगीतिक कार्यक्रम र नेपाली चलचित्र प्रदर्शनहरु ब्यवसायीक रुप मा सफल हुने गरेको बताए ।

सम्बन्धित शिर्षकहरु