काठमाण्डौ । पाठककले प्रेम दिवसलाई लक्षित गर्दै गीत सार्वजनिक गरेका हुन्। गीतमा कञ्चन पाठक र मदन भण्डारीको शब्द रहेको छ। संगीत पनि स्वयम कञ्चनकै हो ।
भिडियोमा पुष्पल खड्का र श्रृष्टीको अभिनय रहेको छ विकाश दाहालले सम्पादन गरेको भिडियोलाई अर्जुन तिवारी र उनको टिमले खिचेको हो । सुरेन्द्र बसेलले यो भिडियोमा कोरियोग्राफी गरेका छन् । भिडियोका निर्देशक निशान घिमिरे हुन्।
निर्देशक घिमिरेले प्रेम दिवस नजिकिदै गर्दा श्रोता तथा दर्शकले यो गीतमा प्रेमको भाषा भेट्ने बताए । उनले, प्रेम गर्ने जोडीले भिडियोमा आफूलाई पाउने समेत दाबी गरेका छन्








