काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एक सातादेखि सदन अवरुद्ध गरेका कारण रोकिएको विनियोजन विधेयकमाथिको छलफल आज पुनः प्रारम्भ भएको छ ।
व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक, २०७३ अन्तर्गत सूचना तथा सञ्चार, स्वास्थ्य, भूमिसुधार तथा व्यवस्था, कृषि विकास, उद्योग, कानून न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद मन्त्रालयमाथिको छलफल आजै सकिएको छ ।
बैठकमा सांसदहरुले कृषि प्रधान देश भनिएपनि कृषकलाई प्रोत्साहन गर्ने तथा वैज्ञानिक भूमि भूमिसुधार र जग्गा एकीकरणको विषयलाई बजेटले सम्बोधन गर्न नसकेको टिप्पणी गरे । कृषिमा दिइएको अनुदान पहुँचवालाले मात्र प्राप्त गर्न सक्ने सम्भावनालाई रोक्न सरकारले विशेष चनाखो हुन आवश्यक रहेको बताउँदै उनीहरुले सुकुम्बासीलाई ऐलानी जमिनमा बसाउने व्यवस्था मिलाउन माग गरे ।
युवालाई रोजगार सुनिश्चित गर्न तथा सूचना प्रविधिको विकास, कृषिको आधुनिकीकरण, सबै जनतामा स्वास्थ्य सेवाको पहुँच विस्तारमा पनि उनीहरुले जोड दिए । मुलुकमा उद्योगधन्दाको विकास गरी लाखौँ लाख बिदेसिन बाध्य भएका युवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिन सरकारले बजेटमा किटानका साथ कार्यक्रम घोषणा गर्न नसकेकामा उनीहरुको असन्तुष्टि थियो । खेलकुदका माध्यमबाट पनि युवा जनशक्तिलाई अनुशासित तुल्याउन राज्यले विशेष ध्यान पु¥याउन सक्नुपर्ने उनीहरुको धारणा थियो ।
आजको छलफलमा सांसद नारायणमान बिजुक्छे, बहादुरसिंह तामाङ, आदित्यमान कसौधन, कृष्ण धिताल, लीलादेवी श्रेष्ठ, धनबहादुर रायमाझी, चम्पादेवी खड्का, गुरुप्रसाद बुर्लाकोटी, सूर्यप्रकाश राईलगायतले भाग लिएका थिए। व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि असार १६ गते बिहान ११ बस्ने छ । रासस


![Joj:yflksf–;+;b a}7s Joj:yflksf–;+;bsf] a'waf/sf] a}7snfO{ k|wfgdGqL s]kL zdf{ cf]nLn] ;Daf]wg ul//xg'x'Fbf lj/f]w hgfpFb} g]kfnL sfFu|];sf ;f+;b . tl:a/ M /Tg >]i7, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/06/1467199907231_RS_160629_IMG_4351-300x200.jpg)






