रोनाल्डोको प्रेरणामा पोर्चुगल अन्तिम १६ मा

074884f3-c7bd-4941-90c4-32da32b9a9baपेरिस । पोर्चुगल फ्रान्समा जारी युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समुह एफको समुह चरणको अन्तिम खेलमा बुधबार हंगेरीसंग ३–३ गोलको बराबरीमा रोकिएपनि पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएको हो ।

पोर्चुगलसंगको बराबरीसँगै हंगेरी ५ अंकका साथ समूह एफको विजेता बनेको छ । हंगेरीले अन्तिम १६ मा बेल्जियमसंग खेल्ने छ । यस समुहमा ३ अंक जोडेको पोर्चुगल तेस्रो स्थानमा रहृयो । तर, हंगेरीसंग प्रतिस्प्रधात्मक बराबरी खेलेको पोर्चुगल समुहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुगेको छ । अब पोर्चुगलले अन्तिम १६ मा समूह डीको विजेता क्रोएसियासँग खेल्नु पर्नेछ । यस समुहबाट आइसल्याण्ड समुह उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो ।

स्टेड डी लियोन रंगशालामा हंगेरी र पोर्चुगलबिचको खेल नाटकीय बन्यो । यस्तोमा हंगेरीले तीन पटक अग्रता लिएर पनि जोगाउन सकेन । जसमा कप्तान क्रिष्टियानो रोनाल्डोको प्रेरणामा पोर्चुगल खेलमा फर्कदै संतिम १६ मा पुग्न सफल भयो ।

खेलमा हंगेरीले १९ औं मिनेटमा जेराको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर रोनाल्डोको पासमा नानीले बराबरी गोल फर्काए । दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा नै हंगेरीले कप्तान बेलास डज्सुडसकको गोलबाट पुन अग्रता लियो । तर, ५० औं मिनेटमा रोनाल्डाले उत्कृष्ट गोल गरे । त्यसको पाँच मिनेटपछि नै फेरि हंगेरीले कप्तान बेलास डज्सुडसक कै गोलबाट अग्रता लिन सफल भयो । तर, ६२ औं मिनेटमा रोनान्डोले हेड तथा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

योसंगै रोनाल्डोले राष्ट्रिय टोलीबाट धेरै खेल खेल्ने कीर्तिमान समेत बनाए । रोनाल्डोले १ सय २९ औ खेल खेल्दै लुइस फिगोको किर्तिमान भङ्ग गरेका हुन् । यसअघि १ सय २७ खेल खेलेको फिगोको नाममा पोर्चुगलको राष्ट्रिय टोलीबाट सर्वा्धिक खेल खेल्ने किर्तिमान थियो । यस्तै रोनाल्डो युरोपका चार मुख्य प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

सम्बन्धित शिर्षकहरु