एजेन्सी, इंग्ल्याण्ड समूह चरणको अन्तिम खेलमा स्लोभाकियासँग बरारीमा रोकिएको छ र उपविजेताका रुपमा युरो २०१६ को नकआउट चरणमा पुगेको छ ।
मंगलबार विहान भएको इंग्ल्याण्डले स्लोभाकियासँग गोलरहित बराबरी खेल्दै अंक बााड्यो । यससँगै तीन खेलबाट ५ अंक जोडेको इंग्ल्याण्ड ५ अंकसहित समूह बीको उपविजेता बनेको छ । स्लोभाकिया भने ४ अंकसहित तेस्रो स्थानमा छ र तेस्रो स्थानमा रहने उत्कृष्ट चारमा परेर नक आउट चरणामा पुग्ने सम्भावना कायमै छ ।
इंग्ल्याण्डले वायन रुनीलाई बन्चमा राखेको थियो भने हृयारी केनको स्थानमा स्टर्डिज र स्टर्लिङको सस्टा स्टरेजलाई प्लेइङ ११ मा राखेको थियो । रुनी ५६ र केन ७६ मिनेटमा सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेपनि टिमलाई जिताउन सकेनन् ।
खेलका क्रममा इंल्याण्डले जितका लागि छ मौका पाएको थियो । तर, सदुपयोग गर्न सकेन । जेमी भर्डीको प्रहार विपक्षी किपरले रोके, जहाँ भर्डी गोल नजिक पुगिसकेका थिए ।
क्रिस स्माइलिङको गल्तीको फाइदा उठाउँदै स्लोभाकियाका रोर्बेट माकले राम्रो अवसर सृजना गरेका थिए ।
इंग्ल्याण्डले अब नकआउट चरणमा हंगेरी, अष्ट्रिया, आइसल्याण्ड र पोर्चुगल मध्ये एक प्रतिद्वन्द्वी पाउनेछ ।








