तमलोपाको महाधिवेशन सुरु

10042016073939Mahanta-Thakur-(2)-1000x0नवलपरासी, तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि नवलपरासीमा सुरु भएको छ ।

महाधिवेशनको नवलपरासीमा आयोजित समारोहबीच पार्टी अध्यक्ष महन्थ ठाकुरले उद्घाटन गरे । महाधिवेशनको उद्घाटन समारोह शुभकामना व्यक्त गदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसमा भएको भेदभाव हटाउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने र मधेसको मागलाई समेटेर जाने बताउँदै मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचार सरकारले नगरे संसद् अवरुद्ध गरिने चेतावनी दिए । पूर्वप्रधानमन्त्री देउवाले सीमाङ्कनमा अड्किएको विषय मिलाउन आफू लाग्ने बताए ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले राज्यका हरेक निकायमा जनसङ्ख्याका आधारमा मधेसीलाई समानुपातिक प्रतिनिधत्व हुनुपर्छ भन्दै ‘एक जातिको मात्र शासनले’ नेपाल सबैको राष्ट्र भएको अपनत्व नभएको बताउनुभयो । सीमाङ्कन, समानुपातिक प्रतिनिधत्व र नागरिकताका विषयमा अन्तरिम संविधानमा भएको व्यवस्था पनि अहिलेको संविधानमा नभएको उनको भनाइ थियो ।

महाधिवेशनमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशम्शेर जबरा, भारतीय जनताका पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, पूर्वमन्त्री एवम् राष्ट्रिय जनता दल भारत केन्द्रीय उपाध्यक्ष रघुवंशप्रसाद सिंह लगायतले शुझकामना दिएका थिए । महाधिवेशनमा २७ जिल्लाका एक हजार २०० प्रतिनिधि सहभागी छन् । महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

सम्बन्धित शिर्षकहरु