असार ५ । बझाङ, नेपाली कांग्रेस बझाङको १३ औं जिल्ला अधिवेसनमा शनिबार भएको चुनावमा मतदाता संख्या भन्दा बढी मत भेटिएको छ । कुल मतदान भएको भन्दा सात मत बढी भेटिएको निर्वाचन अधिकृत ठेकेन्द्र राज जोशीले बताए ।
जम्मा दतदाता संख्या चार सय ७५ भए पनी चार सय ३४ मत खसेको थियो । तर मतगणना गर्दा चार सय ४१ मत भेटिएको हो । यो खसेको मत भण्दा ७ मत बढी हो । यसले गर्दा केही समय विवाद भएको थियो ।
कुल खसेको मतबाट बहुमत कसैले पनि ल्याउन नसक्दा सभापति पदका लागी आइतबार फेरि चुनाव हुने भएको छ । शनिबार राति भएको मतगणना अनुसार सभापति पदका उम्मेदवार खडक बहादुर बोहराले १६५ मत , हर्कजंग बहादुर सिंहले १४८ मत र रमेश भण्डारीले ७३ मत ल्याएको निर्वाचन अधिकृतले बताए । निर्वाचन अधिकृतका अनुसार ५६ मत बदर भएका छन् ।








