एजेन्सी, न्यु जर्सी । पेरुलाई पराजित गर्दै कोलम्बिया अमेरिअकामा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको क्वाटरफाइनल खेलमा पेरुलाई पेनाल्टी सुटआउटमा ४ – २ ले पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा प्रवेश गरेको हो ।
अमेरिकाको न्यु जर्सीमा भएको प्रतिस्प्रधात्मक खेलमा निर्धा्रित ९० मिनेट र इन्जुरी समयमा पनि दुवै टोलीबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । जसमा कोलम्बियाले पेरुलाई पराजित गर्यो । पेनाल्टी सुटआउटमा पेरुका मिगल सभेड्राको प्रहार कोलम्बियाका किपरले बचाएका थिए भने क्रिष्टियन ब्राभोले पेनाल्टी प्रहार पोस्टबाहिर हानेका थिए ।
कोलम्बिया सन् २००४ पछि पहिलोपटक कोपा अमेरिकाको सेमिफाइनल पुगेको हो । अब सेमिफाइनलमा कोलम्बियाले चिली र मेक्सिकोबिचको बिजेतासंग खेल्ने छ ।








