एजेन्सी, पेरिस । स्विडेनलाई पराजित गर्दै इटाली फ्रान्समा जारी युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राती भएको खेलमा स्विडेनलाई १ – ० ले पराजित गर्दै इटाली लगातार दोस्रो जितसहित अन्तिम १६ मा पुग्न सफल भएको हो ।
स्टेडियम डी टुलेसेमा भएको खेलमा इटालीलाई जित दिलाउन एडरले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको एडरले गोल गर्दै इटालीलाई प्रि क्वाटरफाइनलमा पुराए । एडरले ८८ औं मिनेटमा उत्कृष्ट गोल गरे । उनले स्वीडेनका चार खेलाडीलाई जिलाउदै उत्कृष्ट गोल गरेका थिए । यता बल पोजिसनमा पकड बनाएपनि डेनले इटालीको पोष्टमा राम्रो आक्रमण गर्न सकेन । साथै स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिचको प्रदर्शन समेत उच्च देखिएन ।
जितसंगै समुह ई मा इटालीले ६ अंक जोडेको छ र समुहको शिर्ष स्थानमा छ।पराजित स्विडेन १ अंकसहित समुहको तेस्रो स्थानमा छ । यस्तोमा हारसंगै स्विडेनको अन्तिम १६ मा पुग्ने संभावना निक्कै कठिन भएको छ । स्वीडेन आफ्नो पहिलो खेलमा आयरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो ।
यता नवौं पटक युरोकप खेलिरहेको इटलीले पहिलो खेलमा बेल्जियमलाई २–० ले हराएको थियो । इटालीले अब समूहको अन्तिम खेलमा असार ८ गते आयरल्याण्डसँग खेल्ने छ । सोहि दिन स्विडेनले बेल्जियमको समाना गर्ने छ ।








