एजेन्सी, ब्राजिलले फुटबल प्रशिक्षक डुंगालाई बर्खास्त गरेको छ । कोपा अमेरिकाबाट अप्रत्यासित रुपमा समूह चरणबाटै बाहिरिएपछि डुंगा बर्खास्तीमा परेका हुन् ।
डुंगाले १९९४ को विश्वकपमा ब्राजिलको कप्तान थिए । र, २०१४ मा दोस्रो पटक नेशनल टिमको प्रशिक्षक बने । तर, पेरुसँग १(० ले पराजित हुँदै ब्राजिल १९८७ पछि पहिलो पटक कोपा अमेरिका फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
यसअघि २००७ देखि २०१० सम्म ब्राजिलको प्रशिक्षक रहँदा उनैले कोपा अमेरिका जितेका थिए ।








