नयाँ शक्ति पार्टी घोषित

13436135_1145808438774158_942330149_nजेठ ३० । काठमाडौँ, नयाँ शक्ति नेपालले पार्टी स्थापनाको औपचारिक घोषणा गरेको छ ।

स्थानीय दशरथ रङ्गशालामा आयोजित एक समारोहका बीच नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले पार्टी सदस्यलाई सपथ खुवाउँदै नयाँ शक्ति घोषणा गरेका हुन् ।

पार्टी घोषणा कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापा तथा भारत, चीन, बङ्गलादेश सहित विभिन्न अन्तर्राष्ट्रिय निकाय प्रतिनिधिको सहभागिता छ ।

त्यसैगरी नागरिक समाज, मानवअधिकारकर्मी, व्यवसायी, पत्रकार आदिको पनि उपस्थिति छ । उद्घाटनअघि विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । माओवादी केन्द्रका नेता महरा, नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षित, नयाँ शक्तिका रामचन्द्र झा लगायतले सम्बोधन गर्दै नयाँ शक्तिले देशको आर्थिक समृद्धिको पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित शिर्षकहरु