काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका क्रममा बन्दकर्ताले राजधानीका विभिन्न स्थानमा सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् ।
बन्दकर्ताले बिहीबार तीनकुनेमा बा१ज २२०६ नंको ट्याक्सीमा आगजनी गरेको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै बन्दमा चलाएको भन्दै बन्दकर्ताले मनमैजुमा माइक्रो बस, त्रिपुरेश्वर र त्रिभुवन विमानस्थलद्वार अघि साझा यातायात, वीर अस्पताल अगाडि ट्याक्सी र कलङ्कीमा रात्रिबसमा ढुङ्गा प्रहार गरी सिसा फुटाएका छन् ।
प्रहरीले जबर्जस्ती बन्द गराउँदै हिँडेका काठमाडौँमा ३४, ललितपुरमा १४ र भक्तपुरमा तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशमान श्रेष्ठले जानकारी दिए।
राजधानीमा बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण सार्वजनिक यातायातका साधन कम चलेका भए पनि निजी सवारी साधन र मोटरसाइकल भने उल्लेख्य मात्रामा चलेका छन् ।


![g]q ljqmd rGb g]t[Tjsf] g]skf dfcf]jfbLn] cfXjfg u/]sf] g]kfn aGbsf] sf/0f ;'g;fg ;8s . tl:a/ M /f]zg ;fksf]6f,/f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/06/1465452606748_RoS_KTM_160609_IMG_8851-1-300x200.jpg)






