काठमाडौं । कोपा अमेरिका कप फुटबलमा मेक्सिकोले उरुग्वेलाई पराजित गरेको छ ।
सोमबार विहान एरिजोनामा भएको खेलमा मेक्सिकोले उरुग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा मेक्सिकोले चौथो मिनेटमा नै उपहार गोलबाट अग्रता लिएको थियो । उरुग्वेको परेराले आत्मघाती गोल गरे । खेलको ७४ औं मिनेटमा लुइस स्वरेजको पासमा डिएगो गोडिनले गोल गर्दै उरुग्वेलाई खेलमा फर्काए ।
तर, अन्तिम सात मिनेटमा दुई गोल खाँदै उरुग्वे पराजित भयो । ८५ औं मिनेटमा आर माक्र्वेजले गोल गरे भने ९२ औं मिनेटमा हरेराले गोल गर्दै मेक्सिको ३–१ ले विजयी भएको छ ।








