सिड्नीमा तनहूँ साँगितीक साँझ” भब्यताको साथ सम्पन्न।

महेश्वर शर्मा ,असनेपाल न्युज सिड्नी अष्ट्रेलिया ,तनहूँ समाज अष्ट्रेलियाको आयोजनामा सिड्नीमा “तनहूँ साँगितीक साँझ” भब्यताको साथ सम्पन्न भएको छ।

सुगमको सहयोग दुर्गममा शिक्षा”भन्ने उदेश्य राखेर गरिएको सो कार्यक्रममा लोक गायक प्रेम राजा महतले चर्चित लोक गित पानको पात गाउँदा धेरै दर्शकहरू उत्साहित भई नाचेका थिए।

लोकप्रिय नायीका प्रियंका कार्कीले आकर्षक नृत्य प्रस्तुत गर्दा सबै दर्शकहरु खुशि देखिन्थे साथै उनले नृत्य गेरेका गितमा तालीबजाएका थिए।
लोक गायीका शान्ति भण्डारीले आफ्ना चर्चित लोकगित प्रस्तुत गर्दा थुप्रै दर्शकहरु नाचेका थिए।

साथै सिड्नीमा रहेका बरिष्ठ हाँस्य कलाकार राजाराम पौडेलको बेजोड हाँस्य प्रस्तुति रहेको थियो। भने सिड्नीका कलाकारहरुले गायन र नृत्यबाट आ-आफ्नो प्रस्तुति दिएका थिए।

२८ मे २०१६ शनिबार साँझ ६ बजे बाट शुरु भएको सो कार्यक्रम वाईज्ली थियटर सिड्नी टाउन हलमा भएको थियो भने यस कार्यक्रमबाट उठेको रकम नेपालको दुर्गम जिल्लाको शिक्षामा खर्चिने बताईएको छ।

फोटो सौजन्य :Dyanamic media

image image image

सम्बन्धित शिर्षकहरु