कालिकादेवी मा.बि.को पुर्ननिर्मित भवनको उद्घाटन

रमा सापकोटा,सिन्धुपाल्चोक, पिपलचौर,फिजी साँस्कृतिक दुत तथा पत्रकार  भिमसेन सापकोटाले जिल्लाको मेलम्ची–९ मा अवस्थित श्री कालिकादेवी माध्यमिक बिद्यालयको पुर्ननिर्मित भवनको उद्घाटन गर्नुभएको छ । फिजी युनाइटेड कम्युनिटीका प्रतिनिधिहरु बबि मिश्र,अशोक गिरी,जगदिस राम समेतको सहभागितामा मंगलबार आयोजित एक कार्यक्रम मार्फत भवनको उदघाटन गरिएको हो ।
२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले पूर्ण रुपमा ध्वस्त बिद्यालयको भवन पुर्ननिर्माणको लागि मुख्य योगदान सापकोटाको रहेको थियो भने कम्युनिटीले पनि उहाँसँगै थप सहयोग प्रदान गरको थियो ।
IMG_9807गैर आवासीय नेपाली समूदायद्वारा संगठित यस कम्युनिटीका संयोजक समेत रहनुभएका सापकोटाले आफूले कखरा चिनेको बिद्यालयमा आफ्नो पसिना खर्चिन पाउदा आफू हर्ष विभोर भएको भन्दै बिद्यालयले पठनपाठनको गुणस्तर बढाउदै लगेमा आउदा दिनहरुमा पनि आफूहरुको सहयोग निरन्तर रहने प्रतिवद्धता जाहेर गर्नु भयो ।
हाल अस्ट्रेलियाको भिक्टोरिया विश्व बिद्यालयका प्राध्यापक सापकोटाले भन्नु भयो,“ यसै ठाँउको धुलो खाएर हुर्केर म आज यो ओहोदासम्म आइपुगे, केहि समयको लागि विदेशिनु परेपेनि यो मेरो मन र योगदान जन्मभूमी र नेपालकै लागि हुनेछ ।”
बिद्यालयका प्रधानाध्यापक माधव प्रसाद ढकालले बिद्यालयको आवश्यक्ता असिमित भएपनि सापकोटा र कम्युनिटीको भवन निर्माण सहयोगले बिद्यार्थीलाई पठनपाठन गराउन ठूलो राहत मिलेको बताउनु भयो । उहाँले हजारौ भुतपूर्व छात्र मध्येमा भिमसेन सापकोटाले आफ्नो जन्मभूमीप्रति देखाएको माया ममता र विकास निर्माणमा गरेको योगदान सराहनीय कार्य भएको बताउनु भयो ।

IMG_9794उहाँले भन्नु भयो,”धेरै बिद्यार्थी पढेर माथिल्लो ओहोदोमा पुग्छन् अनि आफ्नो मात्रै भविष्य बनाउन तल्लिन हुन्छन्, तर सापकोटा भने सात समुन्द्र पारी पुग्दा पनि मातृभूमीलाई फलाउन फूलाउन पट्टी केन्द्रित हुनु भएको छ ।”
IMG_9923कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संयोजक गणेश ढकालले सापकोटाको सहयोगले बिद्यालयलाई ठूलो मद्दत पुगेको भन्दै व्यवस्थापन समिति,शिक्षक र अविभावक एकजुट भएर बिद्यालयलाई अझ व्यवस्थित बनाउदै लगिने प्रतिवद्धता जनाउनु भयो ।
IMG_9810करिब १० लाखको लागतमा चारकोठे भूकम्प प्रतिरोधी भवन तयारी गरिएको साँस्कृतिक दुत सापकोटाले जानकारी दिनु भयो ।
कार्यक्रममा कम्युनिटिका प्रतिनिधिहरुले बिद्यालयका सबै बिद्यार्थीहरुलाई अभ्यास पूस्तिकाा तथा शिसाकलम वितरण गरे । बिद्यालयले सापकोटा तथा कम्युनिटिका प्रतिनिधिहरुको योगदानको कदर गर्दै प्रशंसापत्र वितरण गर्यो ।
यस बिद्यालयमा जम्मा १२ जना शिक्षकले अध्यापन गराउदछन भने करिब २ सय जना बिद्यार्थी अध्ययनरत छन् ।
थालनी गरिएको १० महिनाको अवधिमा बिद्यालय भवनको निर्माणकार्य पुरा गरिएको थियो । बिद्यालयको कक्षाकोठा पूर्ण व्यवस्थापनको लागि अझै लाखौ रकमको आवश्यक्ता परेको बिद्यालयले जनाएको छ । यद्यपि हालसम्म अन्य कुनै स्वदेशी तथा विदेशी दातृ संस्थाहरुको सहयोग भने बिद्यालयको लागि उपलब्ध हुन सकेको छैन ।IMG_9893

सम्बन्धित शिर्षकहरु