काठमाडौँ। सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अपहेलनासम्बन्धी मुद्दामा तीन दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।
कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज अदालतको अपहेलनासम्बन्धी मुद्दामा अध्यक्ष दाहाललाई तीन दिनभित्र अदालतमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पठाउन आदेश दिएको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए।
केन्द्रका अध्यक्ष दाहालले केही दिनअघि न्यायालयका बारेमा मानहानि हुने खालको आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाउँदै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अदालतको अपहेलनामा कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेका थिए ।
मुद्दामा अदालतको गम्भीर अवहेलना गरेको विषयमा एक वर्ष कैद तथा रु १० हजार जरिवानाको मागसमेत गरिएको छ ।








