‘बौद्ध दर्शन स्विकारी अगाडि बढ्न सके मानवकल्याण’

@%^)cf}F a'4 hoGtL k|wfgdGqL s]kL zdf{ cf]nL zlgaf/ a'4 hGd:yn n'lDagLdf @%^)cf}F a'4 hoGtL ;df/f]xdf ;Daf]wg ug'{x'Fb} . tl:a/ M lbks l3ld/], n'lDagL, /f;;

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले दुई हजार पाँच सय ६० औँ बुद्धजयन्तीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै बौद्धदर्शनलाई स्विकारी अगाडि बढ्न सके मात्र मानवकल्याण प्राप्त हुने बताएका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै उनले नेपालको भूमिमा जन्मेर मानवकल्याणका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको उल्लेख गर्दै बुद्ध विचारले अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचार विश्वभर लोकप्रिय हुन सकेका हुन् भने ।

सन्देशमा भनिएको छ, “बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात् गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

नेपालमा सामाजिक सद्भाव बलियो
त्यस्तै प्रधानमन्त्री ओलीले वैशाख शुक्ल पूर्णिमा अर्थात् आजकै दिन मनाइने किरात जातिको महान् चाड उभौलीका अवसरमा सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइप्रति शुभकामना व्यक्त गरेका छन्।
आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताको अनुपम सङ्गमस्थल रहेको र यहाँ विविधता भए पनि त्यसमा एकता र सामाजिक सद्भाव बलियो रहेको बताएका छन् ।

सम्बन्धित शिर्षकहरु