स्वयम्सेवक खटाउन एमालेको निर्देशन

CPN-UML-party-officeकाठमाडौँ। नेकपा (एमाले) ले गत वर्षको भूकम्पबाट प्रभावित भई अझैसम्म आकाशमुनि बस्न बाध्य भएकालाई वर्षा अगावै छानामुनि ल्याउन स्वयम्सेवक परिचालनका लागि सम्बन्धित कमिटीलाई निर्देशन जारी गरेको छ ।

एमालेको केन्द्रीय सचिवालयको बैठकपछि सचिव प्रदीपकुमार ज्ञवालीले मंगलबार जारी गरेको निर्देशनमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्वयम्सेवक आह्वान गरेको सन्दर्भमा सम्बन्धित ३१ जिल्ला नेतृत्व, पूर्वजनप्रतिनिधि, कानुनका जानकारलगायत रहेको पुनःनिर्माण सहयोग समिति गठन गर्न भनिएको छ ।

एमालेले आगामी जेठ ३ गते २३औँ मदन आश्रित स्मृति दिवस मनाउन र सो दिवसलाई राष्ट्रिय स्वाधीनता, संविधानको कार्यान्वयन र समृद्ध नेपालसम्बन्धी वहस सञ्चालन गर्ने गरी सफल बनाउन निर्देशन दिएको छ ।

सम्बन्धित शिर्षकहरु