रुपन्देहीको देवदहमा “युगिन राष्ट्रिय मुक्तक वाचन २०७३” हुने।

महेश्वर शर्मा ,असनेपाल न्युज सिड्नी अष्ट्रेलिया ,युगीन साहित्य समाज ,रुपन्देहीको आयोजनामा देवदहमा “युगिन राष्ट्रिय मुक्तक वाचन २०७३” हुनेभएको छ।देशकै चर्चित मुक्तककारहरुले उक्त कार्यक्रममा आ-आफ्ना मुक्तकहरु वाचन गर्नेभएका छन।
लुम्बिनी अञ्चलको ईतिहासमा यो पहिलो पटक टिकटमा मुक्तक वाचन गर्न लागिएको हो,भने टिकट शुल्क १०० रुपैयाँ तोकिएको छ। मुक्तककारहरु खगेन्द्र गिरी कोपिला (नेपालगन्ज) रुद्र ज्ञवाली ( भैरहवा ),छवि ज्ञवाली (भैरहवा ),उदास कार्की (काठमाडौ ),सुनिल अधिकारी (काठमाडौ),विष्णु बाबू देवकोटा (काठमाडौ ),कृष्ण देवकोटा (पोखरा ),सरु लामिछाने (पोखरा),मदन भण्डारी (झापा ),विनोद उदय ( देवदह),जयकिसन अधिकारी (देवदह),सोतन्त्र नेपाल (बुटवल),सविना अधिकारी (गोर्खा ),सविता भण्डारी ( स्याङ्जा ),सम्झना रेग्मी सानू (स्याङ्जा ) ले मुक्तक वाचन गर्नेछन।
मदन आश्रित सभाहल देवदह ८ सित्तलनगर मा हुने कार्यक्रम २०७३ जेष्ठ १ गते शनिबार हुनेभएको छ।कार्यक्रमका संयोजक युवराज लामिछाने “प्रदीप” रहेका छन।

सम्बन्धित शिर्षकहरु