एनसेलले करिब १० अर्ब कर तिर्‍यो

resize_imageकाठमाडौं । दुरसंञ्चार सेवा प्रदायक नीजि कम्पनी एनसेलले पूँजिगत लाभ अन्तर्गत सरकारलाई आज झण्डै १० अर्व रुपैयाँ कर तिरेको छ ।

सरकारी कोषमा आज एनसेलले ९ अर्व ९६ करोड ९५ लाख रुपैयाँ कर ठूला करदाताको कार्यलय ललितपुरमा दर्ता गरेको कार्यलय प्रमुख शोभाकान्त पौडेलले जानकारी दिनुभयो । एनसेलको माउ कम्पनी स्वीडेनको टेलियासोनेरा नेपालबाट वाहिरिएपछि ८० प्रतिशत सेयर खरिदकर्ता मलेसियन कम्पनी एक्जियटाले सरकारलाई लाभकर तिरेके हो ।

सरकालाई वुझाउनुपर्ने करिव ४० अर्व कर मध्ये एक्जिएटाले अहिलेसम्म करिव १० अर्व कर तिरेको छ । कर तिर्नुपर्ने अन्तिम म्याद आज मात्रै भएकाले साँझसम्म कर तिर्नुपर्ने पौडेलले जानकारी दिए।

यसअघि एनसेलले पूँजिगत लाभकर नतिरेको भन्दै चोतर्फी विरोध भएको थियो ।

सम्बन्धित शिर्षकहरु