राष्ट्रिय स्वाभिमानप्रति ध्यान पु¥याउन प्रमको आग्रह

561a627b12b89काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमान, राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, एकता, शान्ति र सामाजिक सद्भावलाई कायम राख्नेतर्फ सिङ्गो सञ्चार जगत्ले ध्यान दिने विश्वास व्यक्त गरेका छन् ।

प्रथम राष्ट्रिय पत्रकारिता दिवस वैशाख २४ का अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले पत्रकारले इतिहासप्रति गौरव गर्न सकून् र चुनौतीको सामना गर्दै जनउत्तरदायी पत्रकारिताको माध्यमबाट जनतालाई निष्पक्ष र स्वतन्त्ररुपमा सूचना प्रवाह गर्न सकून् भन्ने उद्देश्यले दिवस मनाउन निर्णय भएको स्पष्ट गरे । वैशाख २४ नेपालको पहिलो अखबार ‘गोरखापत्र’ प्रकाशन(विसं १९५८)को मिति हो ।

उनले जननिर्वाचित संविधानसभाबाट जारी भएकोे संविधानमा प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरिएको र मुलुक संविधान कार्यान्वयनको चरणमा अगाडि बढिरहेको अवस्थामा संविधानले सुनिश्चित गरेका लक्ष्य प्राप्तिका लागि स्वदेश तथा विदेशमा रहेका पत्रकार तथा सञ्चारकर्मीले राष्ट्रिय स्वाभिमानप्रति आफ्ना लेखनीमा पर्याप्त ध्यान पु¥याउनेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।

उनले स्वच्छ, निर्भीक, स्वतन्त्र, जिम्मेवार, व्यावसायिक एवम् आत्मनिर्भर पत्रकारिताबाट नै यस क्षेत्रको प्रतिष्ठा अभिवृद्धि हुने पनि जनाएका छन् ।

सम्बन्धित शिर्षकहरु