ब्ल्याकटाउन नेप्लीज कम्युनिटीको कार्यसमितिमा निरौला

अस्ट्रेलिया । न्यू साउथवेल्सको ब्ल्याक टाउन क्षेत्रमा बस्ने नेपालीहरुको संस्था नेप्लीज कम्युनिटीको अध्यक्षमा कृष्ण निरौला चुनिएका छन् । संस्थाको अन्य पदाधिकारीमा दुर्गा बन्जाडे उपाध्यक्ष, सन्तोष दाहाल सचिव, ईश्वर ढकाल सहसचिव, सीताराम घिमिरे कोषाध्यक्ष रहेका छन् । यस्तै कार्यसमितिका सदस्यहरुमा विनोद दाहाल, जीवनाथ नेपाल, कल्याण कँडेल, महेश पन्त, परशुराम थापा, प्रतिज्ञा अधिकारी, रन विसी, रुपक चुडाल, समिर घिमिरे, सन्दीप सापकोटा, शैलेश शर्मा, सुवांश साह रहेका छन् ।

13122808_1710400689240691_3088838582785885136_oनवगठित संगठन ब्ल्याकटाउन नेप्लीज कम्युनिटी बीएनसीको प्रथम साधारणसभाले नयाँ कार्यसमिति चुनेको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, लेबर पार्टीकी नेतृ मिशेर रोल्याण्ड, एमपी एड हुसिक, ब्ल्याकटाउन सिटी काउन्सिलका काउन्सिलर सुसी बेन्जामिन, एनआरएन ओसेनिया क्षेत्रयि संयोजक महेन्द्र लम्साल, लगायतले कार्यसमितिको सफलताको कामना गर्नुको साथै नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा बालबालिकासहित स्थानीय कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुति देखाइ मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित शिर्षकहरु