काठमाडौं । भारतले आफ्नो सरकार गिराउने खेल खेलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउसो राष्ट्रपति बिद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । प्रचण्ड एक्कासी सरकार ढाल्ने खेलमा लागेपछि प्रधानमन्त्री परामर्शमा लागेका छन् ।
भारतको हस्तक्षेपविरुद्ध संसद बिघठन गरेर अघि बढ्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई कतिपयले दिएका छन् । पछिल्लो समय सरकार चीनसँग सहकार्य गरी देश विकासमा काममा सक्रिय भएपछि भारतरले सरकार गिराउने खेल खेलेको छ । सरकारले आकर्षक बजेट ल्याउने चाल पाएपछि भारतले एमालेलाई असफल बनाउन त्यस अगाडि नै सरकार ढाल्ने खेल खेलेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी नेता कृष्ण बहादुर महरालाई भारतमा बोलाएर यस्तो खेलको डिजाइन गरिएको हो । ‘बजेटसम्ममा पनि प्रचण्डले पर्खन सक्दिन भन्नुले यसमा ठुलै डिजाइन छ,’ एक एमाले नेताले भने ।
केही एमाले नेताहरुले पनि संसद बिघठन गरेर नयाँ चुनाव गर्नुपर्ने सुझाव प्रधानमन्त्री ओलीलाई दिएका छन् । प्रधानमन्त्रीको प्रस्तावमा राष्ट्रपतिले संसद बिघठन गर्न सक्ने प्रावधान छ ।








