काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न नसकेका कारण देशमा बेरोजगार समस्या बढ्दै गएको बताएका छन्।
रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्ति अभियानले खुलामञ्चमा आयोजना गरेको सामूहिक आमरण अनशनमा मंगलबार ऐक्यबद्धता जनाउँदै उनले २० वर्षअघि उत्पादनशील क्षेत्रमा लाग्ने मजदुर दुई लाख चार हजार रहेकामा अहिले दुई लाख २३ हजार मजदुर मात्र संलग्न रहेको अवस्थामा उत्पादन घट्दै गएको र बेरोजगारी बढेको जानकारी दिए।
नेता लोहनीले अनशनरत युवाको माग जायज रहेको बताउँदै रोजगारीको व्यवस्था संविधानमा समेत रहेको हुँदा सरकारले चाँडो ऐन बनाएर लागू गर्नुपर्नेमा जोड दिए ।
गत वैशाख १५ गतेदेखि सुरु भएको अनशनमा अनुषा राई, जिविता आचार्य, लक्ष्मी तामाङ, मञ्जु गौतम, अजित झा, दावा शेर्पा, नीरज पुन, भरत लामिछाने, महेश नेपाल, रियाज पौडेल, ज्ञानदेव विष्ट र चन्द्रबहादुर थापा छन्।
अनसनरत युवाले योग्यता, क्षमता, सीप र दक्षताअनुसारको रोजगारी उपलब्ध गराउनुपर्ने, रोजगार दिन नसके राज्यले शैक्षिक योग्यताका आधारमा ऋण उपलब्ध गराउनुपर्ने आदि माग गरेका छन् ।


![;fd"lxs cg;g v'Nnf d~rdf /f]huf/Lsf nflu ;fd"lxs cg;gdf a;]sf o'jfx? . ljleGg lhNnfsf o'jf o'jtLx?n] oxL j}zfv !% ut]b]lv cfd/0f cg;g al;/x]sf 5g . tl:a/ M /Tg >]i7, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/05/1462185847122_RS_KTM_160502_IMG_9709-300x200.jpg)






